काठमाडौं– नेदरल्यान्ड्समा आजदेखि सुरु भएको आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
नामिबियाले टस जित्दै आफूले फिल्डिङ रोजेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । यस सिरिजमा नामिबिया, नेदरल्यान्ड्स र नेपाल रहेका छन् ।
हालसम्म २८ खेल खेलेको नेपाल ११ मा जितसहित २४ अंकका साथ पाँचौं स्थानमा रहेको छ भने नामिबिया २८ खेलमा १० जितसहित २२ अंकका सात सातौं स्थानमा रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।