काठमाडाैं– दसैं विदाको समयमा सर्वोच्च अदालतमा ८ वटा बन्दी प्रत्यक्षीकरणका रिट निवेदन परेका छन्।
_x000D_
_x000D_
घटस्थापनाका दिनदेखि सोमबारसम्म सर्वोच्च अदालतमा परेका ८ वटा बन्दी प्रत्यक्षीकरणका रिटमध्ये ४ वटा रिट निवेदनमा फैसला भइ रिट खारेज भएका छन्।
_x000D_
_x000D_
त्यसैगरी ३ वटा रिट निवेदनका सम्बन्धमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी भएर बन्दीहरु छुटेको सर्वोच्चका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिए।
_x000D_
_x000D_
साथै एउटा बन्दी प्रत्यक्षीकरणको रिटकोे सम्बन्धमा सोमबार इजलास तोकिएको छ।
_x000D_
_x000D_
टंक बहादुर खड्काको हकमा सविना खड्काले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सम्बन्धमा सोमबारका लागि इजलास तोकिएको उनले जानकारी दिए।
_x000D_
_x000D_
न्याय प्रशासन ऐन २०७३ को दफा २६ मा न्यायलयमा ३ दिन भन्दा बढी सार्वजनिक विदा भएमा बन्दी प्रत्यक्षिकरणको मुद्धा हेर्नका लागि पूर्ण इजलासबाट न्यायाधीश तोक्ने व्यवस्था छ।
_x000D_
_x000D_
सोही व्यवस्थाअनुसार १५ दिने सार्वजनिक विदाकै क्रममा परेका बन्दी प्रत्यक्षीकरणका रिट निवेदन हेर्नका लागि सर्वोच्च अदालतको पूर्ण बैठकबाट न्यायाधाीशहरू प्रकाशमान सिंह राउत, विश्वम्भर प्रसाद श्रेष्ठ, केदार प्रसाद चालिसे, दिपकराज जोशी र सपना प्रधान मल्ल तोकिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।