काठमाडौँ– श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले नेतृत्वको भूमिकाबारे धारणा सार्वजनिक गर्दै राज्य सञ्चालनमा व्यक्तिभन्दा समस्या समाधान र संस्थागत प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
‘सम्माननीय प्रधानमन्त्री बालेनको बालापन’ शीर्षकसहित सामाजिक सञ्जालमार्फत आफ्नो विचार सार्वजनिक गरेका किराँतीले राजनीतिक सिद्धान्तका आधारमा प्रभावकारी नेतृत्व संयमित, निष्पक्ष र जिम्मेवार हुनुपर्ने उल्लेख गरेका छन्।
उनका अनुसार जनअपेक्षा अनुरूप नेतृत्वले भावनात्मक प्रतिक्रिया भन्दा संस्थागत विधि र प्रक्रियालाई आत्मसात गर्न आवश्यक हुन्छ।
उनले सार्वजनिक आलोचनाभन्दा स्पष्ट निर्देशन, संस्थागत निर्णय तथा आवश्यक कारबाहीमार्फत सन्देश प्रवाह गर्नु परिपक्व नेतृत्वको विशेषता हुने धारणा व्यक्त गरेका छन्। नेतृत्वको विश्वसनीयता कायम राख्न पनि यस्ता अभ्यास महत्त्वपूर्ण हुने उनको भनाइ छ।
आफ्नो अभिव्यक्तिपछि कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायबाट बोलाइएमा आफू उपस्थित हुन तयार रहेको उल्लेख गर्दै किराँतीले आवश्यक परे प्रहरीको आह्वानमा हाजिर हुने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।