चितवन– दसैंको समयमा चितवन जिल्लामा १७ वटा ठूला सवारी दुर्घटना भएका छन्। चाडपर्वको समयमा तीब्र गतिमा सवारी चलाउँदा ती दुर्घटना भएका हुन्।
_x000D_
_x000D_
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २४ गते घटस्थापनादेखि कात्तिक ३ गते शनिबारसम्म भएका ती दुर्घटनामा १० जनाको मृत्यु हुनाका साथै ५६ जना घाइते भएका थिए।
_x000D_
_x000D_
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शुशिलसिंह राठौरका अनुसार नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा भएका ती दुर्घटना मादक पदार्थ सेवन (मापसे) गरी तीब्र गतिमा सवारी चलाएका कारण भएका हुन्। दसैं सुरु भएसँगै दैनिक मापसे गरी सवारी चलाउने २० जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको पनि उनले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।