काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गत २१ फागुनमा भएको प्रतिनिधिसभाको चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।
अध्यक्ष ओली पार्टीको केन्द्रीय संगठन विभागले काठमाडौंको कार्की ब्याङ्क्वेटमा आयोजना हुने सदस्यता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशालामा सहभागी भएका हुन् ।
प्रतिनिधसभा चुनावमा रास्वपाका उम्मेदवार एवं अहिलेका प्रधानमन्त्री वालेन्द्र शाहसँग चुनाव हारेका ओलीले लामो समयदेखि आफ्नो निवास गुण्डुबाट पार्टीका बैठकलगायत गतिविधि गर्दै आएका थिए ।
यहीबीचमा उनको पित्तथैलीको शल्यक्रियासमेत भएको थियो । त्यसपछि उनी आराममा थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।