काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा राजनीतिक भेटघाटलाई औपचारिक रूपमा प्रारम्भ गरेका छन्।
सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा दिल्ली पुगेका उनीसँग पार्टीस्तरका विभिन्न भेटवार्ता अघि बढाइएको छ।
भ्रमणको क्रममा लामिछाने भाजपा केन्द्रीय कार्यालय पुगेका बेला पार्टी नेतृत्व तथा कार्यकर्ताहरूले परम्परागत शैलीमा स्वागत गरेका थिए। उनलाई फूलमाला तथा सांस्कृतिक प्रस्तुति सहित सम्मानपूर्वक स्वागत गरिएको बताइएको छ।
भाजपा कार्यालयमा उनले पार्टी अध्यक्ष नीतिन नविनसँग औपचारिक भेट गरेका छन्। सो अवसरमा भारतीय पक्षले कार्यालय संरचना तथा संगठनात्मक कार्यप्रणालीबारे जानकारी गराएको जनाइएको छ।
रास्वपाका अनुसार उक्त भेटमा दुई देशका राजनीतिक दलबीच अनुभव आदान-प्रदान, लोकतान्त्रिक अभ्यास, आपसी सहकार्यका सम्भावना तथा सम्बन्ध विस्तारका विषयमा छलफल भएको थियो।
पाँच दिनको भ्रमणका लागि सोमबार भारत गएका लामिछानेले प्रवासमा रहेका नेपाली समुदाय तथा आफ्ना समर्थकहरूसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी भारत बसाइको क्रममा उनले अयोध्या भ्रमणसमेत गर्ने तय भएको जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।