काठमाडौँ – प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।
आजको बैठकमा सभामुख डोलप्रसाद डीपी आर्यलाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।
यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आव २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची छ । बैठकमा आव २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने छ ।
यता नेपाल–भारत सीमालाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन अघि बढ्न नदिने विपक्षी दलहरूको अडान छ । अहिलेसम्म सत्तारुढ र विपक्षी दलबीच सदन खुलाउने विषयमा सहमति भई नसकेकोले आज पनि सदन निर्वाध चल्ने विषयमा संशय कायमै छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।