कलैया– बाराको जितपुर सिमरा उपमहानगरपालिका–४ को औराहका ३५ वर्षे सुरेन्द्र रामले आज बिहान आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन्।
_x000D_
_x000D_
रामले आफ्ना ५ वर्षीय छोरा सुबिन र ३ वर्षीय विपिनको हत्या गरी आफूले पनि झुन्डिएर आत्महत्या गरेको प्रहरीको अनुमान छ। तीनै जनाको शव परीक्षणका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुभाष हमालले बताए।
_x000D_
_x000D_
मानसिक तनावका कारण रामले यस्तो गरेको हुन सक्ने प्ररम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।