काठमाडौँ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । बैठक अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा ११:३० बजेबाट सुरु हुनेछ।
शनिबार नेताहरूको बोल्ने क्रम नसकिएपछि आजलाई पनि बैठक राखिएको हो। आजको बैठकमा अध्यक्ष ओलीले उठेका प्रश्नको जवाफ दिने बताइएको छ।
यसअघि शुक्रबार बसेको बैठकमा पाँच उपाध्यक्षहरू (पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण बिष्ट, र रघुजी पन्तं)ले समीक्षात्मक धारणा प्रस्तुत गरेका थिए।
शनिवारको बैठकमा महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र ४ जना सचिवहरूले धारणा राखेका थिए। उनीहरूले पार्टीको पुनर्गठन आवश्यक रहेको भन्दै ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।