काठमाडौं– काठमाडौंका विभिन्न स्थानबाट ३ लाख ७० हजार नक्कली नेपाली नोटसहित ५ जना पक्राउ परेका छन्।
_x000D_
_x000D_
उनीहरुको साथबाट नक्कली पैसा छाप्ने मेसिनसमेत बरामद गरिएकाे प्रहरीले जनाएकाे छ। ‘पक्राउ परेकाहरु सबै एउटै समूहका हुन्। बरामद भएका सबै नोटहरु १ हजारका छन्। थप अनुसन्धान भइरहेको छ।,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले भने।
_x000D_
_x000D_
परिसरले आइतबार (आज) दिउँसो पत्रकार सम्मेलनमार्फत विस्तृत विवरण सार्वजनिक गर्ने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।