काठमाडौँ– साताको दोस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार देखिएको छ।
नेप्से परिसूचक ३०.०८ अङ्क अर्थात् १.१० प्रतिशतले वृद्धि भई २,७५४.४८ को विन्दुमा पुगेर बन्द भएको छ।
आज बजारमा कुल ३४६ कम्पनीका १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता सेयर ५२,३३६ पटक खरिदबिक्री हुँदा ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९६६ रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबारको कारोबारमा अधिकांश कम्पनीका लगानीकर्ताले आम्दानी गरेका छन्। कुल २४८ कम्पनीको सेयर मूल्यमा सुधार आउँदा २१ कम्पनीको मूल्यमा गिरावट देखिएको छ भने एउटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आजको वृद्धिपछि समग्र बजार पुँजीकरण ४६ खर्ब ९७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ भने फ्लोट मार्केट क्यापिटलाइजेसन १५ खर्ब ६९ अर्ब ६४ करोड रुपैयाँ कायम भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।