लन्डन– इंग्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडबीचको रोमाञ्चक खेल २–२ बराबरीमा सकिएको छ। खेलमा म्यानचेस्टर अन्तिम समयमा सम्हालिन नसक्दा चेल्सीसँग बराबरीमा रोकिन बाध्य भएको हो।
_x000D_
_x000D_
खेलमा अग्रता भने घरेलु टिम चेल्सीले लिएको थियो। २१ मिनेटमा डिफेन्डर एन्टोनियो रुडिगरले गोल गरेर चेल्सीलाई अग्रता दिलाएका थिए। तर ५५ मिनेटमा म्यानचेस्टरका इन्थोनी मार्टियलले बराबरी गोल गरे।
_x000D_
_x000D_
७३ मिनेटमा म्यानचेस्टरले अग्रता लिन सफल भयो। यसपटक पनि मार्टियलले गोल गरे। उनले एस्ले योङले उपलब्ध गराएको पासमा गोल गरेका थिए। तर दोस्रो हाफको इन्जुरी टाइमको छैटौं मिनेटमा बार्कीले बराबरी गोल गर्दै चेल्सीलाई हारबाट जोगाए।
_x000D_
_x000D_
जितपछि चेल्सी ९ खेलबाट २१ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ। यद्यपी १ खेल कम खेलेका म्यानचेस्टर सिटी र लिभरपुलको २०–२० अंक छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।