काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका तर्फबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदलाई प्रशिक्षण दिने भएका छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा सांसदलाई संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाबारे सभापति थापाले प्रशक्षिण दिने भएका हुन्।
‘संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे दलको बैठकमा सभापति गगन थापाले सांसदहरूलाई फेसिलिटेट गर्नु हुन्छ,’ दलका नेता भीष्मराज आङदेम्बेको सचिवालयले भन्यो।
बैठकमा अध्यादेश र सुकुम्वासी मुद्दामा पार्टीले लिने ‘स्ट्यान्ड’बारे छलफल हुने भएको छ। त्यस्तै, सरकारको सिफारिसमा जारी भएका अध्यादेश र सुकुम्वासीको विषयमा छलफल हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।