काठमाडौँ– प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकारसम्बन्धी समितिले उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका होल्डिङ सेन्टरहरूको प्रत्यक्ष अवलोकन गर्ने निर्णय गरेको छ।
समितिको हालै बसेको बैठकले विस्थापित भई अस्थायी आवासमा बसिरहेका सुकुम्वासी तथा अव्यवस्थित बासिन्दाको मानव अधिकार अवस्था प्रत्यक्ष रूपमा अध्ययन गर्ने निष्कर्ष निकालेको हो। यसका लागि सम्बन्धित स्थानमा पुगेर वस्तुगत जानकारी संकलन गर्ने कार्यतालिका बनाइने बताइएको छ।
बैठकका क्रममा सांसदहरूले प्रभावित समूहको वर्तमान अवस्था नजिकबाट मूल्यांकन गर्न आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूले आवास, आधारभूत सेवा तथा अधिकारसम्बन्धी पक्षहरूको वास्तविक स्थिति बुझ्न स्थलमै पुगेर अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
सोही छलफलका आधारमा समितिले उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुम्वासीहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यसहित स्थलगत अनुगमन गर्ने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।