काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न सरकारले दबाब दिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अध्यादेश जारी गर्न पुनः सिफारिस गरेको हो ।
सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न पुनः सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।
उनले राष्ट्रपति पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको अध्यादेश जस्ताको त्यस्तै सिफारिस भएको पनि बताए जानकारी दिए ।
राष्ट्रपति पौडेलले आइतबार उक्त अध्यादेश सरकारलाई फिर्ता पठाएका थिए । त्यसको २४ घण्टा पनि नबित्दै सरकारले उक्त अध्यादेश राष्ट्रपति कार्यालय पठाएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।