काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह नगएपछि प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ। बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको थियो।
समितिको कार्यक्षेत्र पर्ने मन्त्रालय (गृह र रक्षा) मन्त्रालय सम्हालेका प्रधानमन्त्री आउन नसक्ने भएपछि बैठक स्थगन गरेको समितिका सचिव सहसचिव कान्छा दुलालले जानकारी दिए।
बैठकमा समितिको कार्यक्षेत्र र आगामी कामकारबाहीका सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो। समिति सचिवालयले सूचना निकालेर विशेष कारणवश बैठक स्थगित गरिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।