काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले दलका सचेतकसहितको बैठक बोलाएका छन्।
सभामुख अर्यालले सत्तारुढ र विपक्षी दलका सचेतकलाई बैठकमा बोलाइएको उनको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार आज मध्याह्न १२ बजे सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।