काठमाडौँ– नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमवार बस्ने भएको छ ।
बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने समितिको सचिवालयले जनाएको छ ।
बैठकमा पार्टीका विभिन्न एजेण्डाका साथै समसामयिक विषयमा छलफल गर्ने तयारी छ । काँग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।