काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी रहेको बताएका छन्।
मुसिकोट नगरपालिका-१० खर्सुपानीमा आयोजित सहिद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा उनले समाजवादी दिशातर्फको यात्रालाई प्रभावकारी बनाउन विभिन्न कम्युनिस्ट धाराहरूबीच एकता आवश्यक रहेको उल्लेख गरे।
उनका अनुसार समाजवाद स्थापना गर्ने लक्ष्यसहित नयाँ राजनीतिक सहकार्यको आधारमा नेकपा गठन गरिएको हो। बाँकी रहेका वामपन्थी शक्तिहरूलाई पनि साझा उद्देश्यमा समेट्दै अघि बढ्ने प्रयास जारी रहने उनले बताए।
दाहालले हालसम्म प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत र व्यवस्थित गर्न शान्ति प्रक्रियाको पक्षमा रहेका तथा संविधानसभा मार्गलाई समर्थन गर्ने दलहरूबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।