काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठक यही वैशाख २१ (सोमबार) बस्ने कार्यतालिका तय भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा, सोमबार दिउँसो १ बजे बैठक बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा सहभागी हुन् केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई आग्रह गरिएको छ ।
बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।