काठमाडौं– सरकारले भोलि थापाथलीस्थित सुकुमबासी बस्ती हटाउने तयारी गरेपछि सुकुमबासी सत्तारुढ दल रास्वपाको केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका छन् ।
बस्तीमा डोजर चलाउन रोक्न माग गर्दै सुकुमबासी वनस्थलीस्थित घन्टीघर पुगेका हुन् । रास्वपा केन्द्रीय कार्यालयमा सुकुमबासी जानुअघि नै सुरक्षा व्यवस्था कडा पारिएको थियो । पार्टी कार्यालय अगाडि प्रहरीको टोली तैनाथ छ ।
प्रधानमन्त्री बालेन शाहको निर्देशनमा भोलि बिहानैदेखि थापाथलीको सुकुम्वासी बस्ती हटाइँदै छ । सरकारको यो निर्णयविरुद्ध उनीहरू आक्रोशित भएर आन्दोलनमा उत्रिएका छन् ।
संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले ४ बुँदे मागसहित रास्वपा सभापति रवि लामिछानेलाई ज्ञापन पत्र पनि बुझाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।