काठमाडौं - शेयरबजार परिसूचक नेप्से आज पनि ओरालो लागेको छ ।
अघिल्लो दिन २.९५ अंकले घटेको सूचक आज थप १७.०१ अंकले घट्दै २ हजार ७८७.१५ अंकमा झरेको हो ।
उसो त यस दिन कारोबार समेत घटेर ५ अर्ब ९ करोड ५९ हजारमा सीमित हुन पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । अघिल्लो दिन २ अंकले घटेको बजारमा ७ अर्ब ८१ करोड ३९ लाख रुपैयाँबराबरको १ करोड ७५ लाख ८८ हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार भएको थियो ।
आज म्यानु एन्ड प्रो, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक झिनो प्रतिशतले बढेका छन् भने बाँकी १० वटा उपसूचक ऋणात्मक भएका छन् । २१६ कम्पनीको शेयर मूल्य बढ्दा आज ४६ कम्पनीको मूल्य बढेको छ ।
पाल्पा सिमेन्ट इन्ड्रस्ट्रिज र शिखर पावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ भने सूर्यकुन्ड हाइड्रो इलेक्ट्रीकको मूल्य आज ११.७९ प्रतिशतले घट्न पुगेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।