काठमाडौं- कानूनमन्त्री सोविता गौतमसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले भेट गरेका छन्।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेर राजदूत तोरुले शिष्टाचार भेट गरेका हुन्।
भेटका क्रममा कानून सुधारका विषयमा विगतको सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल भएको जनाइएको छ।
सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स लगायतका विषय बदलिँदो विश्व राजनीतिमा बढिरहेको सन्दर्भमा नियमन गर्न उपयुक्त कानून आवश्यक रहेको विषयलाई जोड दिएको कानूनमन्त्रीको सचिवालयले जनाएको छ।
दुई देशबीचको सहकार्यका थप क्षेत्रहरू पहिचान गर्ने, साथै जापान सरकारलाई आवश्यक पर्ने कुनै विषय भए छलफलका लागि नेपाल खुला रहेको सन्देश दिने लगायत विषयमा छलफल केन्द्रित थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।