काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद तथा पदाधिकारीबाट लिने लेवी संरचनामा परिमार्जन गरेको छ।
पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार अब सांसदहरूले मासिक १५ हजार रुपैयाँ लेवी बुझाउनुपर्ने व्यवस्था गरिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
मन्त्रीहरूका लागि १८ हजार रुपैयाँ र स्वकीय सचिवका लागि २ हजार रुपैयाँ लेवी निर्धारण गरिएको छ।
यसअघि सचिवालय बैठकबाट सांसदहरूको लेवी १६ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो। पछिल्लो निर्णयमार्फत सो रकम घटाइएको हो भने मन्त्री र स्वकीय सचिवका लागि तोकिएको दर यथावत् राखिएको जनाइएको छ।
पार्टीले संगठन सञ्चालन र आन्तरिक व्यवस्थापनलाई ध्यानमा राख्दै लेवी संरचनामा आवश्यक समायोजन गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।