• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ २९, २०८२ Thu, Feb 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सन्दीप लामिछाने छाएको वर्ष

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २, २०७५  ०९:४५
1140x725

काठमाडौं–  गत नोभेम्बरमा राष्ट्रिय टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने (१८) बंगलादेश प्रिमियर लिग (बिपिएल) को ड्राफ्टमा परेको समाचारले ठूलै चर्चा पायो। किनकि नेपाली खेलाडी विदेशी टी–२० लिगको ड्राफ्टमा पहिलो पटक परेका थिए। अक्सनमा उनलाई कुनै पनि टिमले आफ्नो टिममा भित्र्याउन चासो नदेखाउँदा विदेशी लिग खेल्ने पहिलो खेलाडी बन्ने अवसर भने उनले त्यतिबेला पाएनन्। 

_x000D_ _x000D_

दुई महिनापछि सन्दीप अर्को टी–२० फ्रेन्चाइज लिग पाकिस्तान सुपर लिग (पिएसएल) को पनि ड्राफ्टमा परेका थिए। यसपटक पनि सुखद् समाचार आउन सकेन। एक महिना बित्न नपाउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनका लागि खेलाडीहरुको नाम सार्वजनिक गरियो। पहिलो चरणको सूचीमा सन्दीप थिएनन्। सूची दर्ता गराउने प्रक्रिया लामो भएकाले सन्दीप आइपिएलको पहिलो चरणको सूचीमा अटेनन्। विशेष अनुरोध गरेपछि सन्दीप अक्सन सूचीमा पर्न सफल भए।

_x000D_ _x000D_

सन्दीप आइपिएलको अक्सन सूचीमा परेदेखि नै उनको चर्चा हुन थालेको थियो। किनकि सन्दीप र अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कबीच विशेष सम्बन्ध थियो। क्लार्कसँगकै सम्बन्धका कारण सन्दीपले १६ वर्षको उमेरमै अन्तर्राष्ट्रिय मिडियामा कभरेज पाए। यसपछि उनले फ्रेन्चाइज लिग खेल्नका लागि कदम चालेका थिए।  

_x000D_ _x000D_

आइपिएलमा क्लार्कसँग राम्रो सम्बन्ध भएका रिकी पोन्टिङ दिल्ली डेयरडेभिल्सका प्रशिक्षक थिए। यस्तै नेपाली यू–१९ टिमका कन्सल्ट्यान्ट प्रशिक्षक मोन्टी देसाङले पनि सन्दीपबारे आइपिएलमा लबिङ गरेका थिए। नभन्दै सन्दीपलाई दिल्लीले ३२ लाख नेपाली रुपैयाँमा आबद्ध गर्‍यो। त्यसपछि सन्दीपको व्यावसायिक करिअरले गति लिन थाल्यो। क्रिकेट जगत्‌मा  नेपाली 'सेन वार्न'को रुपमा चर्चित भए।

_x000D_ _x000D_

दिल्लीको टिममा आबद्ध भए पनि उनले सुरुवाती खेलमा मौका पाउन सकेनन्। लगातार कमजोर प्रदर्शन गरेको दिल्ली आइपिएलको पहिलो चरणबाटै बाहिरिएपछि सन्दीपले बाह्रौं खेलमा मौका पाए। 

_x000D_ _x000D_

उनी क्लबस्तरीय क्रिकेटमा संसारकै ठूलो प्रतिस्पर्धा इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो नेपाली बनेका थिए। आइपिएलमा समावेश मात्र भएनन्, डेब्यू खेलमै विश्वभरिबाट प्रशंसासमेत कमाए।

_x000D_ _x000D_

_x000D_ _x000D_

विश्वका चर्चित खेलाडी विराट कोहली तथा एबी डिभिल्लर्सलाई समेत हैरान बनाउने गरी बलिङ गरे उनले। सन्दीपले आइपिएलका पछिल्ला ३ खेलमा ५ विकेट लिएका थिए। १६.४ को औसतमा बलिङ गरेका सन्दीपको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत प्रशंसा गरेका थिए।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

आइपिएलकै दौरान सन्दीपले विश्व क्रिकेटमा अर्को महत्वपूर्ण अवसर पाए। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) उनलाई विश्वका स्टार खेलाडीहरुको टिममा राखेको थियो।

_x000D_ _x000D_

वेस्ट इन्डिजविरुद्धको एकदिवसीय मैत्रीपूर्ण खेलका लागि आइसिसी विश्व ११ टिममा पनि सन्दीपले स्थान पाए।

_x000D_ _x000D_

‘क्रिकेटको घर’ मानिने लर्डस्‌मा गत जेठ १७ गते भएको खेलको पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीले कप्तानी गरेका थिए। जहाँ भारतका दिने कार्तिक, पाकिस्तानका सोयब मल्लिक, अफगानिस्तानका रसिद खान, बंगलादेशका तमिम इक्बाल, श्रीलंकाका थिसरा परेरा, न्युजिल्यान्डका मिचेल म्याकलेनघान र लुक राची जस्ता विश्व क्रिकेटमा चर्चित खेलाडीसँगै सन्दीपले खेल्ने मौका पाए। 

_x000D_ _x000D_

सन्दीप आइपिएलका लागि छनोट भएलगत्तै वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टिम सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्समा आबद्ध भएका थिए। ५ हजार डलरमा आबद्ध भएका उनी गत महिना नेदरल्यान्डविरुद्धको एकदिवसीय सिरिज खेलेर वेस्ट इन्डिज पुगे। जहाँ उनले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ५ खेलमा ७ विकेट लिन सफल भए। 

_x000D_ _x000D_

_x000D_ _x000D_

सन्दीपले जुनमा आयोजना भएको ग्लोबल टी–२० क्यानडा लिगमा पनि समावेश भएका थिए। उनलाई मोन्ट्रियल टाइगर्सले ४० हजार डलरमा भित्र्याएको थियो। जहाँ उनले ५ खेलमा ८ विकेट लिएका थिए। 

_x000D_ _x000D_

सन्दीपको व्यावासायिक करिअर यतिकैमा रोकिएन। उनी गत महिना अफगानिस्तान प्रिमियर लिग (एपिएल) का लागि समेत छनोट हुन सफल भए। युएईको दुबईमा भएको अक्सनमा सन्दीपलाई नान्गहरले आफ्नो टिममा १५ हजार अमेरिकी डलरमा आबद्ध गरेको थियो।

_x000D_ _x000D_

अन्तर्राष्ट्रिय खेलमा पनि सन्दीपले नेपालका लागि ठूलो योगदान दिए। गत फेब्रुअरीमा नामिबियामा भएको आइसिसी डिभिजन–२ क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे। प्रतियोगिताको सर्वाधिक १७ विकेट लिएका सन्दीप म्यान अफ दि सिरिज बनेका थिए। डिभिजन–२ मा क्यानडा विरुद्धको महत्वपूर्ण खेलमा करण केसीसँग दसौं विकेटका लागि सन्दीपले गरेको नटआउट ४२ रनको साझेदारीको अहिले पनि प्रशंसा हुने गरेको छ। प्रतियोगितामा नेपाल दोस्रो हुँदै एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छानिएको थियो। एकदिवसीय विश्वकप छनोटमा पनि सन्दीपले सन्तोषजनक प्रदर्शन गरेका थिए। मार्चमा जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमार्फत नेपालले एकदिवसीय मान्यता प्राप्त गरेको थियो। 

_x000D_ _x000D_

सन्दीप यतिमा मात्र सीमित रहेनन्। असोज दोस्रो साता अर्को फेन्चाइज लिग टी–१० लिगमा आबद्ध हुन सफल भए। युएईको व्यासायिक लिग टी–१० लाई इमिरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रियक क्रिकेट काउन्सिलले मान्यता दिएको छ। लिगमा रहेका ८ टिम मध्ये सन्दीपलाई केरला किंग्सले किनेको हो। केरलाले सन्दीपलाई ३० हजार अमेरिकी डलर (३४ लाख ८३ हजार रुपैयाँ) दिनेछ।

_x000D_ _x000D_

सन्दीप आबद्ध टिममा इंग्ल्यान्डका इयान मोर्गान कप्तान छन्। जहाँ वेस्ट इन्डिजक क्रिस गेल, केइरन पोलार्डदेखि पाउल स्टर्लिङ, पाकिस्तानका जुनाइद खान र श्रीलंकाका निरोशन डिवेला छन्। 
_x000D_ टी–१० लिग आगामी मंसिर ७ देखि १६ गतेसम्म शारजाह क्रिकेट मैदानमा हुनेछ। 

_x000D_ _x000D_

लिगमा १० ओभरको एक इनिङ हुने र खेल ९० मिनेटमा सकिने नियम छ। लिगको दोस्रो संस्करण हो।

_x000D_ _x000D_

सन्दीपले एक वर्षको बीचमा पाँचौ विदेशी फ्रेन्चाइज लिगमा आबद्ध भए। सन्दीपले भारतको आइपिएल, क्यानडाको ग्लोबल टी-२० र वेस्ट इन्डिजको सिपिएल खेलेका थिए। अफगानिस्तान प्रिमियर लिग खेलेका सन्दीपले पाकिस्तान सुपर लिगको ड्राफ्टमा पनि परेका छन्। 

_x000D_ _x000D_

अफगानिस्तान प्रिमियर लिग खेल्न युएई जानुअघि सन्दीपले मलेसियामा भएको आइसिसी टी–२० विश्वकपको एसिया छनोटमा तहल्का मच्चाएका थिए। उनले नेपाललाई प्रतियोगिताको च्याम्पियन बनाउने क्रममा २४ विकेट लिए। एकै प्रतियोगितामा नेपालका लागि सर्वाधिक विकेट लिने बलरको इतिहास बनाएका सन्दीपले प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट बलर घोषित भएका थिए। 

_x000D_ _x000D_

टी–१० खेल्न जानुअघि सन्दीपले घरेलु लिग पोखरा प्रिमियर लिग (पिपिएल) खेल्नेछन्। उनी पिपिएल टिम विराटनगर टाइटन्सका मार्की खेलाडी छन्।  

_x000D_ _x000D_

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०७५  ०९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एडीबीको दक्षिण एसिया विभाग प्रमुखमा सोना श्रेष्ठ नियुक्त
हिमाली जिल्लाको निर्वाचनको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा
निर्वाचन आयोगद्वारा सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
हिमाली जिल्लामा पनि फागुन २१ मै चुनाव हुन्छ : प्रधानमन्त्री बिहीबार, माघ २९, २०८२
एडीबीको दक्षिण एसिया विभाग प्रमुखमा सोना श्रेष्ठ नियुक्त बिहीबार, माघ २९, २०८२
हिमाली जिल्लाको निर्वाचनको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा बिहीबार, माघ २९, २०८२
निर्वाचन आयोगद्वारा सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी बिहीबार, माघ २९, २०८२
राष्ट्रिय सभाको अधिवेशन अन्त्य बिहीबार, माघ २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो बिहीबार, माघ २९, २०८२
आज यी चार प्रदेशमा वर्षाको सम्भावना बुधबार, माघ २८, २०८२
मुलुकको भूमि र राजश्व प्रशासनमा बढ्दै गएको भ्रष्टाचारप्रति अख्तियार प्रमुखको चिन्ता बुधबार, माघ २८, २०८२
इन्टरपोलको समन्वयमा १० जनालाई विदेशबाट ल्याइयो बिहीबार, माघ २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्