काठमाडौं– बुधबार सेयर बजारले २८ सय अंक नाघेको छ ।
अघिल्लो दिन २.६१ अंक घटेको बजार आज ४५.१२ अंक बढेको हो । सो वृद्धिपछि नेप्से परिसूचक २८०२ अंकमा कायम भएको छ । बन्द हुँदाको यो अंक नै कारोबार अवधिभरको अधिकतम हो ।
कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ६ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३१ करोडको भयो । २५१ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो भने २ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ३.८७ प्रतिशत बढ्यो ।
बैंकिङ १.१५, विकास बैंक १.९८, फाइनान्स १.४५, होटल तथा पर्यटन २.५६, हाइड्रोपावर २.६१, लगानी १.३५, जीवन बीमा १.३१, माइक्रोफाइनान्स १.२८, निर्जीवन बीमा १.०१, अन्य ०.१५ तथा व्यापार ०.६१ प्रतिशत बढे ।
६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रिटेक, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक छन् ।
सान्भी इनर्जीको ९.२२ तथा बन्दीपुर केबुलकारको मूल्य ८.१८ प्रतिशत बढ्यो । स्वेत गंगा हाइड्रोपावरको ४.३५, माइखोला हाइड्रोपावरको ३.२३ तथा थ्रीस्टार हाइड्रोपावरको २.२८ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यानल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्६, एनआरएन इन्फ्रास्ट्रक्चर र नेसनल हाइड्रोपावर छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।