• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ
विश्व फुटबलका बादशाह पेलेको लोभलाग्दो संर्घष कथा
64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २, २०७५  १२:५६
1140x725

विश्वकप फुटबल प्रतियोगिताको सुरुवातका पाँच वटै संस्करणमा भाग लिएको ब्राजिलका लागि नतिजा सहज हुन सकिरहेको थिएन। फुटबल भनेपछि हुरुक्कै हुने ब्राजिलले सन् १९५० को चौथौं विश्वकको आयोजना गर्‍यो। उसले प्रतियोगितालाई भव्य बनाउन २ लाख अट्ने रंगशालासमेत निर्माण गर्‍यो। त्यहीबेला ब्राजिल उपाधि जित्न चाहन्थ्यो। तर निर्णायक खेलमा उरुग्वेसँग पराजित भएपछि ब्राजिलको उपाधि जित्ने सपना पूरा हुन सकेन। सन् १९५४ मा स्विट्जरल्यान्डमा आयोजना भएको पाँचौ संस्करणमा त ब्राजिल क्वार्टरफाइनलबाटै आउट हुनुपर्‍यो।

_x000D_ _x000D_

सन् १९५७ जुल ७ मा अर्जेन्टिना विरुद्धको खेलमा पेले उपनाम गरेका खेलाडीले १६ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यु गरे। डेब्यु खेलमै गोल गरेपछि पेलेले ब्राजिलियन फुटबलमा आशाको सञ्चार गराइदिए। डेब्यु खेलमै गोल गरेपछि पेलेले मात्र होइन ब्राजिलले पनि पछाडि फर्केर हेर्नुपरेन। ब्राजिललाई विश्व च्याम्पियन बनाउँदै तहल्का मच्चाएका पेले पछि शताब्दीका महान् फुटबलरको रुपमा पुकारिए।

_x000D_ _x000D_

—O— 

_x000D_ _x000D_

पेलेको वास्तविक नाम एड्सन अरान्ते दो नासिमेन्तो हो। उनको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४० मा भएको थियो। गरिब परिवारमा जन्मिएका पेलेको बाल्यकाल अभावै अभावमा बित्यो। उनी बाल्यकालमा नांगो खुट्टाले झुम्राको बल खेल्थे। सडकबाटै उनले फुटबलको कला सिकेका थिए। १६ वर्षमै उनी ब्राजिलको राष्ट्रिय टोलीमा परे र १७ वर्षको उमेरमा विश्वकप खेल्ने विश्वकै कान्छो खेलाडी पनि बने।

_x000D_ _x000D_

सन् १९५८ को विश्वकपपछि त उनी एड्सन अरान्ते दो नासिमेन्तो रहेनन्, पेलेबाटै चिनिए । 

_x000D_ _x000D_

_x000D_ _x000D_

ब्राजिलियन (पोर्चुगिज) भाषामा नांगो खुट्टाले खेल्नुलाई पेलेदास भनिन्छ । उनको बचपन त्यसैगरी खेलेर बितेको थियो । तर, त्यसपछि भने पेलेको सम्बोधनमा कुनै नाम मात्र रहेन, आदर, माया र स्नेहसमेत गाँसिएर आयो। यो नाममा ती महान् खेलाडीको दुःख, कष्ट र दरिद्रताको कथा भरिएको छ । अनि छ, उनको संकल्प र निरन्तर साधनाको प्रेरणादायी प्रसंग।

_x000D_ _x000D_

फुटबल, ब्राजिल र पेले एकअर्काका पर्यायवाची हुन्। ब्राजिल र पेलेबेगर आधुनिक फुटबलको चर्चा असम्भव छ। विश्वकपका प्रत्येक संस्करणमा खेल्न सक्षम हुँदै आइरहेको एक मात्र देश ब्राजिलले पेलेको उदय हुनुअघिसम्म एकपटक पनि विश्वकप उपाधि जितेको थिएन। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

सन् १९५८ को विश्वकपमा पेलेलाई खेलाइएपछि ब्राजिल पहिलोपटक विश्व च्याम्पियन बन्यो। यो विश्वकपमा आफ्नो अद्भुत खेल देखाउँदै पेलेले ६ गोल गरे। उनले फ्रान्स विरुद्धको सेमिमफाइनलमा ह्याट्रिक गरेपछि ब्राजिल ५–२ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको थियो। फाइनलमा पनि पेलले उत्कृष्ट खेल पस्के। स्विडेनविरुद्ध फाइनलमा पेलेले २ गोल गरेका थिए। उक्त खेलमा ब्राजिल ५–२ ले विजयी हुँदै पहिलो पटक विश्व च्याम्पियन बन्न सफल भयो। यही विश्वकपदेखि उनी विश्व फुटबलमा चर्चित बन्दै गए र कालान्तरमा फुटबलका जादुगर कहलिए।

_x000D_ _x000D_

सन् १९६२ मा चिलीमा आयोजना भएको सातौं संस्करणको विश्वकपमा पनि पेलेको फर्म उस्तै थियो। उनले समूह चरणमा मेक्सिकोविरुद्ध पहिलो खेलमा गोल गरे। अन्य खेलमा भने गोल गर्न सकेनन्। तर पनि उनको टिममा प्रभाव उस्तै थियो। फाइनलमा ब्राजिलले चेकोस्लोभाकियालाई ३–१ गोलले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको थियो। १९६२ पछि कुनै पनि देशले लगातार दोस्रो पटक उपाधि जित्न सकेका छैनन्। 

_x000D_ _x000D_

सन् १९६६ मा इंग्ल्यान्डमा आयोजना भएको विश्वकपमा भने पेले र ब्राजिलियन टिमको प्रदर्शन राम्रो हुन सकेन। ब्राजिल समूह चरणबाटै बाहिरिएको थियो। यद्यपि पेले बुल्गेरियाविरुद्ध भने गोल गर्न सफल भए। 

_x000D_ _x000D_

सन् १९६६ मा बिर्सनलायक प्रदर्शन गरेको ब्राजिल सन् १९७० को विश्वकपलाई यादगार बनाउन चाहन्थ्यो। भयो पनि त्यस्तै। मेक्सिकोमा आयोजना भएको विश्वकपको पहिलो खेलमा ब्राजिलले चेकोस्लोभाकियालाई ४–१ गोलले हराउँदै शानदार सुरुवात गर्‍यो। पेलेले उक्त खेलमा गोल गर्न सफल भए। समूह विजेता बनेको ब्राजिलले क्वार्टरफाइनलमा पेरुलाई तथा सेमिफाइनलमा उरुग्वेलाई पराजित गर्दै फाइनलमा स्थान बनायो। फाइनलमा इटालीलाई ४–१ गोलले हराउँदै ब्राजिल तेस्रो पटक उपाधि जित्न सफल भयो। फाइनलमा पेलेले सुरुवाती गोल गरेर ब्राजिललाई अग्रता दिलाएका थिए। सो विश्वकपमा पेलेले ४ गोल गरे। 

_x000D_ _x000D_

_x000D_ _x000D_

सन् १९५८, १९६२ र १९७० तीन पटकमा विश्व च्याम्पियन बन्ने टोलीमा सहभागी भएका आजसम्मकै एक मात्र खेलाडी पेले दुईपटक विश्वकपका सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए। विश्पकपमा खेलेका १४ खेलमा पेलेको खुट्टाबाट १२ गोल निस्किएको थियो। 

_x000D_ _x000D_

आफ्नो २२ वर्ष लामो सक्रिय व्यावसायिक फुटबल जीवनमा उनले कुल १ हजार ३ सय ६३ वटा स्पर्धामा १ हजार २ सय ८१ गोल गरे। एक हजारभन्दा बढी गोल गर्ने एक मात्र खेलाडी मानिएका पेलेले आजीवन ब्राजिलियन क्लब सान्तोसकै लागि मात्र खेले। उनले ब्राजिलको जर्सी लगाएर खेलेका ९१ खेलमा ७७ गोल विपक्षी राष्ट्रको गोलपोस्टमा छिराएका छन्। 

_x000D_ _x000D_

पेलेको संन्यासपछि ब्राजिलले चौथोपटक विश्वकप विजेता बन्न २४ वर्ष कुर्नुपर्‍यो, सन् १९९४ को विश्वकपसम्म ।

_x000D_ _x000D_

पेलेका रोचक प्रसंग 

_x000D_ _x000D_

सन् १९७० को विश्वकप फुटबलमा इंग्ल्यान्ड विरुद्धको खेलमा पेलेको एउटा प्रहार यति शक्तिशाली थियो कि त्यसलाई रोक्ने प्रयास गर्दा इंग्ल्यान्डका तत्कालीन गोलकिपर गोर्डन ब्याङ्कसको हात ९ ठाउँमा भाँचिएको थियो ।

_x000D_ _x000D_

पेले सन् १९६३ मा पश्चिम जर्मनीको ह्याम्बर्गमा खेल्दै थिए। जर्मन खेलाडी शुल्जले उनलाई 'कभर' गररिहेका थिए। प्रतिद्वन्द्वीले आँखा झिम्क्याउन नपाई निमेषभरमै गोल गर्न खप्पिस पेलेलाई उनले कति पो कभर गररिाख्न सक्थे र?  शुल्जले थोरै मात्र असावधानी के देखाएका थिए, पेलेले २० गज टाढाबाट हानेको प्रहार सोझै गोलपोस्टभित्र छिर्‍यो। 'बल पेलेको खुट्टाबाट कतिबेला बाहिर निस्क्यो भन्ने नै मैले देखिनँ,' जर्मन गोलकिपर फहराइनले उक्त गोलप्रति टिप्पणी गर्दै भनेका थिए। 

_x000D_ _x000D_

यस्तै एकपटक सन् १९६१ मा ब्राजिलको रियो दी जेनेरियोमा भएको खेलमा पेलेले ९ जना प्रतिद्वन्द्वीलाई छलाउँदै विपक्षी क्लबविरुद्ध चामत्कारिक गोल गरेका थिए।

_x000D_ _x000D_

पेलेको आत्मकथा 'माई लाइफ एन्ड द ब्युटिफुल गेम' सँग पनि अनौठो प्रसंग जोडिएको छ। त्यस पुस्तकको प्रथम संस्करणमा हस्ताक्षर गर्न प्रकाशकको कार्यालय पुग्दा त्यहाँ पहिले नै उनका हजारौँ प्रशंसकको भिड जम्मा भइसकेको थियो। उनलाई हेर्न झुम्मिएका सबै जना पेलेको केही न केही सामान चिनोका रूपमा लैजान चाहन्थे । ती प्रशंसकहरूले पेलेको लुगा टुक्राटुक्रा पारेर च्यातेर लगे। लुगा नपाउनेले उनको कारको पाटपुर्जासमेत बाँकी राखेनन्। र, त्यस दिन पेले 'लगभग नांगै' हिँडेर घर पुगेका थिए।

_x000D_ _x000D_

सन् १९६१ मा ब्राजिलियन क्लब सान्तोसबाट मैत्रीपूर्ण खेल खेल्ने क्रममा पेले पेरूमा थिए। त्यहाँ पनि उनले असाधारण प्रदर्शन गर्दै मध्यान्तरअघि नै ४ गोल गरिसकेका थिए। 'आजलाई पुग्यो' भन्ने सोचेर उनी मध्यान्तरपछि मैदानमा प्रवेश गरेनन्। उनको स्थानमा अर्का खेलाडी गए। तर, दर्शकहले खेल नै सञ्चालन हुन दिएनन्, मैदानमै प्रवेश गरी विरोध गर्न थाले। अन्ततः रेफ्रीले बाध्य भएर सान्तोस क्लबसँग दर्शकहरूको उत्तेजना र विरोध शान्त पार्न र खेल अघि बढाउन पेलेलाई पुनः खेल्न मैदानमा पठाउन अनुरोध गर्नुपर्‍यो। मध्यान्तरपछिको खेल त्यतिबेलासम्म रोकिई नै रह्यो, जतिबेलासम्म नुहाउन गएका पेले बाहिर आई फुटबल पोसाकमा पूर्ण तयार भएर मैदानमा प्रवेश गरेनन्।

_x000D_ _x000D_

पेलेको यति लोकप्रिय थिए कि उनलाई भेट्दा बेलायतकी महारानी एलिजाबेथले आफ्नो मर्यादाक्रम नै भुलेकी थिइन। इरानका तत्कालीन शाह मोहम्मद रेजा पहलवीले उनलाई भेट्न मात्र पनि तेहरान अन्तर्राष्ट्रिय विमानस्थलमा ३ घन्टाभन्दा बढी समय प्रतीक्षा गरेका थिए।

_x000D_ _x000D_

_x000D_ _x000D_

राष्ट्रिय टिमबाट संन्यास लिएपछि पेले अमेरिकाको कसमस क्लबबाट खेल्न जाने क्रममा भारतको कोलकाता पुग्दा त्यहाँ ठूलै भिड जम्मा भएको थियो। उनलाई हेर्न र भेट्न मात्र पनि हजारौँ प्रशंसकले आधा रातभन्दा धेरै समय बिताएका थिए। त्यसका लागि प्रशंसकहरू कोलकाताको विमानस्थल र बाटोको दुवैतिर लामबद्ध भई घन्टौँ उभिएका थिए।

_x000D_ _x000D_

सर्वत्र स्वीकार गरिएका सुपरस्टार 

_x000D_ _x000D_

फुटबलमा हात पात पारेको उपलब्धि र योगदानका कारण पेलेलाई राष्ट्रिय नायकका रूपमा लिइन्छ। फिफाले पनि आधिकारिक रूपमै विश्वभरका लागि उनलाई फुटबल राजदूत नियुक्त गरेको छ। उनलाई ब्राजिलको सरकारले राष्ट्रिय सम्पति घोषणा गरेको छ। पेलेलाई आफ्नो खेल जीवनमा 'फुटबलको राजा' भनेर पनि चिनिन्थ्यो। अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले उनलाई शताब्दी-खेलाडी उपाधि दिएको छ।

_x000D_ _x000D_

गरिबहरूको सामाजिक अवस्था सुधार्ने नीतिप्रति उनले गरेका समर्थनहरू निक्कै उलेख्य छन्। जब उनले एक हजारौँ गोल गरे, त्यसलाई उनले ब्राजिलका गरिब बालबालिकाका निम्ति समर्पित गरे।

_x000D_ _x000D_

'मानिसहरू भन्छन्, पेलेको कुनै धर्म, कुनै राष्ट्रियता वा कुनै वर्ण छैन,' पेलेले एकपटक आफ्नै बारेमा भनेका थिए, 'मलाई सर्वत्र स्वीकार गरिएको छ।'

_x000D_ _x000D_

दुनियाँका आँखामा उनी अहिले पनि फुटबल जादुगर हुन्,  फुटबलका 'श्रीपेच बिनाका सम्राट' हुन् । विश्व फुटबलका हरेक ठूला आयोजनामा उनको उपस्थिति स्मरणीय र सम्मानित हुन्छ। अघोषित रूपमै उनी विश्व फुटबलका सर्वस्विकार्य आदर्श हुन्। त्यसैले उनलाई फुटबलको किंवदन्ती मानिन्छ र भनिन्छह– पेले, महान् पेले।

_x000D_ _x000D_

उनले एक दर्जनजति फिल्ममा समेत अभिनय गरेका छन्।  ७७ वर्षीय पेले गएको वर्ष मिर्गौला र प्रोस्टेटमा आएको समस्याका कारण अस्पताल भर्ना भएका थिए। अहिले भने उनी स्वस्थ छन्।  

_x000D_ _x000D_

_x000D_ _x000D_

पेलेसँग अचेल अर्बौं सम्पत्ति छ। अनेक राष्ट्रिय एवं बहुराष्ट्रिय कम्पनीका उनी लगानीकर्ता वा साझेदार छन्। र, अनेक कम्पनीका 'ब्रान्ड एम्बेसडर' पनि। उनले आफ्नो देश ब्राजिलमा लाखौँको संख्यामा रहेका सडक बालबालिकाका लागि आत्मनिर्भरता उन्मुख कल्याणकारी कार्यक्रम पनि सञ्चालन गरिरहेका छन्।(विभिन्न एजेन्सीहरुको सहयोगमा) 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०७५  १२:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नवलपरासीमा एक युवकले गरे आफ्नै बुबा र छिमेकीको हत्या
वाईसीएल अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नवलपरासीमा एक युवकले गरे आफ्नै बुबा र छिमेकीको हत्या शुक्रबार, जेठ २३, २०८२
वाईसीएल अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन शुक्रबार, जेठ २३, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
भीषण आगलागीमा परी बाजुराको बाम्का बजारमा ध्वस्त शुक्रबार, जेठ २३, २०८२
भेरी नदीमा बेपत्ता दिदीभाईको शव फेला शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
उपाध्यक्ष सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न तयार भयो : शाही बिहीबार, जेठ २२, २०८२
पतञ्जली प्रकरणमा प्रधानमन्त्रीलाई जोडेर अनावश्यक टिप्पणी नगर्न माधव नेपाललाई एमालेको चेतावनी बिहीबार, जेठ २२, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्