गौशाला– प्रहरीले सोमबार महोत्तरीमा लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ।
_x000D_
_x000D_
पक्राउ पर्नेमा सम्सी गाउँपालिका–२ बस्ने सफिलउल रहमान र पिपरा गाउँपालिका–६ बस्ने श्रवणकुमार मण्डल र राममिलन मण्डल रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।
_x000D_
_x000D_
भारतबाट अवैध रुपमा लुकाई छिपाई लागुऔषध बोकेर नेपाल प्रवेश गरेका तीनै युवकको सामान जाँचका क्रममा उनीहरुको साथबाट नाइटोभेट ट्याब्लेट २२५, स्पास्मो प्रोक्सिभन ट्याब्लेट ९६, डाइजेपाम इन्जेक्सन ३०, नुफिन इन्जेक्सन ३० र फेनेजाम इन्जेक्सन ३० थान बरामद गरिएको उनले जानकारी दिए।
_x000D_
_x000D_
लागुऔषधसहित पक्राउ परेका ती युवकमाथि लागुऔषध ओसारपसार मुद्दा चलाइने भएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।