• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन २२, २०८२ Fri, Mar 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

ताप्लेजुङमा मतगणनामा विवाद, धाँधली भएको रास्वपाको आरोप

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २२, २०८२  १३:५९
1140x725

ताप्लेजुङ– ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४, लिङतेपस्थित मतदान केन्द्रमा ‘बुथ कब्जा’ गरिएको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ।

रास्वपा उम्मेदवार इन्जिनियर वीरेन्द्र श्रेष्ठले उक्त मतदान केन्द्रमा अस्वाभाविक मत खसेको जिकिर गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन्। 

रास्वपाले दिएको उजुरीमा देशभर औसत ५१ प्रतिशत मात्र मतदान भएको अवस्थामा लिङतेपमा भने ८८ प्रतिशत मत खस्नुले धाँधली भएको पुष्टि हुने दाबी गरिएको छ। 

रास्वपाको निवेदनमा भनिएको छ, ‘मृत्यु भइसकेका, वैदेशिक रोजगारीमा गएका र हाल सो स्थानमा बसोबास नगर्ने व्यक्तिहरूको नाममा समेत गैरकानुनी तबरले मतदान गरिएको छ।’

उम्मेदवार श्रेष्ठले उजुरीमा ३७ प्रतिशतभन्दा बढी फर्जी मत खसेको जिकिर गरेका छन्। फर्जी मत छानबिन नभएसम्म ताप्लेजुङको मतगणनामा आफ्नो पार्टी सहभागी नहुने अडान लिएका छन्। 

Ncell 2
Ncell 2

ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले भने रास्वपाको निवेदन दर्ता गर्न नसकिने स्पष्ट पारेका छन्। मतदानको समयमा कुनै अवरोध वा धाँधली भएको भए त्यही बेला उजुरी दिएर प्रक्रिया रोक्नुपर्नेमा अहिले मतपेटिका प्राप्त भइसकेपछि आएको निवेदनको कानुनी आधार नहुने उनको तर्क छ।

आज बिहान १० बजे बसेको सर्वदलीय बैठकमा उम्मेदवार श्रेष्ठले सो विषय उठाएका थिए। उजुरी दर्ता नगरिएपछि उनले निवेदनको एक प्रति कार्यालयमै छाडेर हिँडेका छन्। निर्वाचन कार्यालयले भने प्रक्रियाअनुसार नै मतगणना अघि बढाउने तयारी गरेको छ।

ताप्लेजुमा एमालेका तर्फबाट क्षीतिज थेवे, नेपाली कांग्रेसका तर्फबाट गजेन्द्र प्रसाद लिम्वू र रास्वपाका विरेन्द्र श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

raswapa-ujuri_y4TtfUnm5O-1772784755.jpg
 

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १३:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इलाम-२ : माटोका उम्मेदवारले सुहाङलाई उछिने
काठमाडौं–६ मा रास्वपाका उम्मेदवार शिशिर खनाल विजयी
नेकपाले खोल्यो खाता, रुकुम पूर्वमा नेकपाका संयोजक प्रचण्ड विजयी
सम्बन्धित सामग्री
इलाम-२ : माटोका उम्मेदवारले सुहाङलाई उछिने एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई पछि पार्दै श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीप राई अघि लागेका छन् । शुक्रबार, फागुन २२, २०८२
सुनसरी १ : हर्क साम्पाङभन्दा रास्वपा अगाडि श्रम सस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङ दोस्रो स्थानमा रहेका छन् । शुक्रबार, फागुन २२, २०८२
सुनसरी १ : हर्क साम्पाङभन्दा रास्वपा अगाडि श्रम सस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङ दोस्रो स्थानमा रहेका छन् । शुक्रबार, फागुन २२, २०८२
ताजा समाचारसबै
इलाम-२ : माटोका उम्मेदवारले सुहाङलाई उछिने शुक्रबार, फागुन २२, २०८२
काठमाडौं–६ मा रास्वपाका उम्मेदवार शिशिर खनाल विजयी शुक्रबार, फागुन २२, २०८२
नेकपाले खोल्यो खाता, रुकुम पूर्वमा नेकपाका संयोजक प्रचण्ड विजयी शुक्रबार, फागुन २२, २०८२
साढे ४ बजेसम्मको अपडेट : रास्वपा १०२ स्थानमा अगाडि, अन्य दलको अवस्था कस्तो? शुक्रबार, फागुन २२, २०८२
सुनसरी १ : हर्क साम्पाङभन्दा रास्वपा अगाडि शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
भक्तपुर १ : रास्वपाका रुकेश अगाडि शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्