काठमाडौँ– प्रत्यक्षतर्फको मतगणना सकिएको काठमाडौँ-१ मा समानुपातिकतर्फको मतगणना सुरु भएको छ ।
भर्खरै समानुपातिक तर्फको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत चुडामन खड्काले जानकारी दिए ।
काठमाडौँ-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना निर्वाचित भएकी थिइन् ।
यस्तै प्रत्यक्षतर्फको नतिजा आइसकेको मुस्ताङमा पनि समानुपातिकतर्फको मतगणना सुरु हुने जनाइएको छ । त्यहाँ काँग्रेसका योगेश गौचन थकाली निर्वाचित भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।