काठमाडौं– मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुविना आचार्यले फराकिलो मतान्तर बनाएकी छन् ।
पछिल्लो मत परिणाम अनुसार उनले ३ हजार ४२३ मत प्राप्त गरेकी छन् ।
कांग्रेस नेता डा. शेखर कोइरालाले ७२८ मत पाएका छन् भने एमालेका विनोदप्रसाद ढकालले ६२७ मत ल्याएका छन् । श्रम संस्कृति पार्टीका मातृका पौडेलले ६०४ मत प्राप्त गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।