जनकपुरधाम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएपछि धनुषा क्षेत्र नम्बर १ मा मतगणना हुने–नहुने विषयमा अन्योलता कायमै छ ।
रास्वपामा खसेको मतबारे विवाद भएको छ । विवाद भएपछि निर्वाचन आयोगको निर्देशन पर्खिने निर्णय गरिएको छ ।
साहको उम्मेदवारी गत फागुन १८ गते आयोगले खारेज गरेको थियो । विरुद्धमा साहले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
धनुषा–१ का मुख्य निर्वाचन अधिकृत मनोज बरालले उम्मेदवारी खारेज भए पनि चुनाव चिन्ह भने कायम रहेको बताए ।
चिन्ह कायम रहेको अवस्थामा खसेको मतको के हुने भन्ने विषयमा अन्योलमा रहेको उनले जानकारी दिए ।
बरालका अनुसार यो विषयमा निर्वाचन आयोगलाई जानकारी गराइसकिएको छ । आयोगबाट पत्राचारमार्फत निर्देशन आउनेबित्तिकै सोही अनुसार अगाडि बढ्ने तयारी गरिएको छ ।
यही कारण धनुषा क्षेत्र नम्बर १ मा हालसम्म मतगणना सुरु हुन नसकेको मुख्य निर्वाचन अधिकृत बरालले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।