काठमाडौं– निर्वाचन आयोगले देशभर मतदान चलिरहेको बताएको छ ।
बिहीबार प्रेस ब्रिफिङमार्फत आयोगका प्रवक्ता नारायण भट्टराईले दिएको जानकारी अनुसार देशभर उत्साहजनक सहभागिता रहेको छ ।
उनका अनुसार प्रतिघण्टा ८ देखि १० प्रतिशत मतदानदर बढिरहेको छ ।
‘सबै जिल्लाका सबै केन्द्रमा सहज रूपमा मतदान भइरहेको छ । सर्लाही, स्याङ्जालगायतका केही जिल्लामा स्थगित भएको हो,’ भट्टराईले भने, ‘स्थानीय प्रशासनको सक्रियता र आयोगको सहजीकरणमा समस्या समाधान भइरहेको छ । मतदान रोकिएको छैन ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।