झापा– झापामा आज शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले बताएका छन् ।
जिल्लाका २८५ मतदानस्थलका ८१५ वटा मतदान केन्द्रबाट मतदाताले उत्साहपूर्वह मतदान गरिरहेका छन् ।
मुख्य निर्वाचन अधिकृत उमेश लुइँटेलले जिल्लामा हालसम्म ४० प्रतिशत मत खसिसकेको जानकारी दिए।
सबै मतदानस्थलमा शान्त वातावरणमा मतदान भइरहेको उनले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार हालसम्म कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वसभामुख देवराज घिमिरे, पूर्वउपसभामुख इन्दिरा रानामगरलगायतले आआफ्नो मतदानकेन्द्रबाट मतदान गरिसकेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।