काठमाडौं– अस्थायी मतदानकेन्द्र बागलुङ कारागारमा ९६.३६ प्रतिशत मत खसेको छ ।
जिल्ला कारगारमा कायम रहेका ५५ जना कैदीबन्दीमध्ये ५३ जनाले मतदान गरेका हुन् ।
कारागार प्रमुख तथा निर्वाचन अधिकारी धिरेन्द्र पन्तका अनुसार दलका प्रतिनिधिसँग छलफलपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पठाइनेछ ।
बागलुङमा २३० मतदानकेन्द्र र १ लाख ९३ हजार ३८१ जना मतदाता कायम छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।