काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।
भक्तपपुरको सूर्यबिनायक नगरपालिका बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रबाट ओलीले मतदान गरेका हुन् ।
ओली प्रतिनिधिसभा निर्वाचनमा झापा ५ बाट उम्मेदवार छन्।
मतदानपछि ओली आफू उम्मेदवार रहेको झापा ५ मा जाने कार्यक्रम थियो।
तर, त्यसलाई स्थगित गरेर ओली भक्तपुरको गुण्डुमै बसेका एमालेका केन्द्रीय सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।