काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् ।
धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् ।
आफ्ना लागि आजको दिन एकदमै खुसीको दिन रहेको उनले बताएकी छन् । १६५ स्थानका लागि आज देशैभर चुनाव भइरहेको छ । समानुपातिक तर्फका ११० सिटका लागि पनि मतदाताहरु आफ्नो मत हालिरहेका छन् ।
यसअघिको समाचार शीर्षकमा धापासी पुगेर प्रम कार्कीले मतदान गरेको हुनुपर्नेमा स्थान फरक पर्न गएकाले सच्याएका छौं– सम्पादक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।