काठमाडौँ– नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले मतदान गरेका छन् ।
दोलखाका उम्मेदवार शिवाकोटीले बिहान दोलखाकै क्षमावती उच्चमावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
उनले मतदान गरेपछि समुन्नत नेपाल र समुन्नत नेपालीका लागि बदलिएर आएको नेपाली कांग्रेसलाई विजयी गराउन सम्पूर्ण मतदातालाई आह्वानसमेत गरेका छन् ।
उनले कांग्रेस आफ्नो प्रतिज्ञापत्रमा कटिबद्ध भएकोसमेत जनाउँदै मुलुकको विशेष परिस्थितिमा कांग्रेसलेमात्र नेतृत्व गर्न सक्नेसमेत बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।