काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आगामी बिहीबार निर्धारित मतदान प्रक्रियालाई स्वच्छ, निष्पक्ष र निर्बाध बनाउन कानुनी प्रबन्धहरू कडाइका साथ लागू गरिने भएको छ।
निर्वाचन आचारसंहिताले मतदातालाई मतदान केन्द्रसम्म पुग्न वा मतदानमा सहभागी हुन कुनै किसिमको अवरोध सिर्जना गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ। मतदान स्थलतर्फ जाने मार्ग अवरुद्ध गर्ने, प्रवेशमा रोक लगाउने वा मतदान कार्यमा प्रत्यक्ष वा परोक्ष रूपमा बाधा पुर्याउने कार्य कानुन विपरीत मानिने छ। यस्तो गतिविधिमा संलग्न पाइएमा २५ हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ।
त्यसैगरी, मताधिकार प्रयोगसम्बन्धी अनुशासन पालना गर्न मतदातालाई पनि निर्देशन गरिएको छ। एक व्यक्तिले एकभन्दा बढी पटक मतदान गर्न नपाइने कानुनी व्यवस्था रहेको छ।
निर्वाचन आयोगका अनुसार दोहोरो मतदान गरेको पुष्टि भएमा सम्बन्धित व्यक्तिलाई पनि अधिकतम २५ हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान लागू हुनेछ।
निर्वाचन व्यवस्थापनलाई पारदर्शी र विधिसम्मत बनाउन सम्बन्धित निकायहरूले निगरानी तथा अनुगमन संयन्त्र सक्रिय बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।