काठमाडौं– आगामी कात्तिक दोस्रो साता हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको बैंकिङ पार्टनरको रुपमा नबिल बैंकसँग सम्झौता भएको छ.
_x000D_
_x000D_
पिपिएलको आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र नबिल बैंकका प्रमुख कार्यकार्य अधिकृत (सिइओ) अनिल केशरी शाहले हस्ताक्षर गरेका छन्। आइतबार नबिल बैंकको प्रधान कार्यालय दरबारमार्गमा भएको सम्झौता कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र पूर्व मिस नेपाल तथा नबिल बैंकको ‘भिसा गर्ल’ श्रृष्टी श्रेष्ठको उपस्थिति थियो ।
_x000D_
_x000D_
सम्झौतापछि सिइओ शाहले पिपिएलमा सहभागी ६ वटै सहरमा क्रिकेटको माहोल ल्याउनेमा पनि विश्वास व्यक्त गरे। कप्तान पारसले पिपिएलले पोखारालाई क्रिकेट हबको रुपमा विकास गर्न आधार तयार गर्ने बताए।
_x000D_
_x000D_
पोखरामा आगामी कात्तिक ९ देखि २० गतेसम्म हुने पिपिएलमा ६ टिमको सहभागिता हुनेछ। प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्सले प्रतिस्पर्धा गर्नेछन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।