एजेन्सी– युइएफए नेसन्स कपमा नेदरल्यान्ड्सले सानदार जित हात पारेको छ। समूह ए–१ को खेलमा नेदरल्यान्ड्सले जर्मनीलाई ३–० गोलले पराजित गरेको हो।
_x000D_
_x000D_
जितसँगै समूहमा नेदरल्यान्ड्स दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको फ्रान्सको २ खेलबाट ४ अंक छ। नेदरल्यान्ड्सको ३ अंक भएको छ भने जर्मनीले १ अंक मात्र जोड्न सकेको छ।
_x000D_
_x000D_
शनिबार राति भएको खेलमा नेदरल्यान्ड्सका लागि डिफेन्डर भान डेकले ३० मिनेटमा गोल गरेर पहिले अग्रता दिलाएका थिए। ८६ मिनेटमा डिपेले नेदरल्यान्ड्सको अग्रता दोब्बर पारे। दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा विज्नाल्डमले जर्मनीका लागि तेस्रो गोल गरेका थिए।
_x000D_
_x000D_
सन् २०१४ को विश्व विजेता जर्मनीले पछिल्लो समय खराब प्रदर्शन गरिरहेको छ। जर्मनीले पछिल्ला १२ मध्ये ३ खेलमा मात्र जित हात पार्न सफल भएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।