• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २७, २०८३ Sun, May 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

आर्थिक चिन्ता र खाद्य असुरक्षाले चाँडै कमजोर बनाउन सक्छ मुटु : नयाँ अध्ययन

64x64
नेपाल लाइभ मंगलबार, माघ १३, २०८२  १०:०३
1140x725

आर्थिक चिन्ता र खाद्य असुरक्षाले मुटुलाई परम्परागत जोखिम कारकहरूभन्दा पनि छिटो कमजोर बनाउने सक्ने तथ्य नयाँ अध्ययनले देखाएको छ। मायो क्लिनिक प्रोसेडिङ्स जर्नलमा प्रकाशित उक्त अध्ययनले आर्थिक तनाव र खाद्य असुरक्षाले मुटुको स्वास्थ्यमा गहिरो असर पार्ने संकेत गरेको हो।

मुटु रोग हाल मृत्युको प्रमुख कारण बनेको छ। यस्तो अवस्थामा यो अध्ययनले आर्थिक तनावलाई मुटु स्वास्थ्यसँग कसरी जोडेर हेर्ने र त्यसबाट जोगिन के गर्न सकिन्छ भन्नेबारे नयाँ प्रश्न उठाएको छ।

अध्ययनले के देखायो?

अमेरिकी वेलनेस विज्ञ डा. लियाना वेनअनुसार अनुसन्धानकर्ताहरूले २ लाख ८० हजारभन्दा बढी वयस्कको तथ्यांक विश्लेषण गरेका थिए। ती सहभागीहरूले आफ्नो सामाजिक तथा आर्थिक अवस्था सम्बन्धी विस्तृत सर्वेक्षण भरेका थिए र उनीहरूको मुटु स्वास्थ्यको क्लिनिकल परीक्षण गरिएको थियो।

यस अध्ययनले ‘कार्डियोभास्कुलर उमेर’ अर्थात् मुटु र रक्तनली जैविक रूपमा कति उमेरको देखिन्छ भन्ने अवधारणामा ध्यान केन्द्रित गर्‍यो। नतिजा अनुसार, उच्च आर्थिक तनाव र खाद्य असुरक्षा भोगिरहेका व्यक्तिहरूमा मुटु अपेक्षाकृत छिटो बुढो भएको पाइयो। यो अवस्था उच्च रक्तचाप, मधुमेह जस्ता परम्परागत जोखिम कारकलाई समायोजन गरेपछि पनि देखिएको हो।

अर्थात् एउटै उमेर र समान स्वास्थ्य प्रोफाइल भएका दुई व्यक्तिमा पनि आर्थिक तनावको स्तर फरक भए मुटुको ‘उमेर’ फरक हुन सक्छ।

मुटु ‘बुढो हुनु’ भनेको के हो?

मुटु बुढो हुनु भन्नाले मुटु तथा रक्तनलीमा देखिने संरचनात्मक र कार्यात्मक परिवर्तनहरूलाई जनाउँछ, जसले मुटु रोगको जोखिम बढाउँछ। यसमा रक्तनली कडा हुनु, मुटुको मांसपेशीको कार्यक्षमता घट्नु र शारीरिक परिश्रममा मुटुको प्रतिक्रिया कमजोर हुनु जस्ता समस्या पर्छन्।

nimb
nimb
Ncell 2
Ncell 2

दीर्घकालीन तनावका कारण कोर्टिसोल र एड्रेनालिनजस्ता हर्मोन लगातार सक्रिय रहन्छन्। यसले रक्तचाप, मुटुको धड्कन, सूजन र मेटाबोलिज्ममा नकारात्मक असर पार्छ। लामो समयसम्म यस्तो अवस्था रहँदा मुटुमा ‘घिसावट’ जस्तै असर पर्न सक्छ, जुन उमेर बढ्दा देखिने परिवर्तनसँग मिल्दोजुल्दो हुन्छ।

आर्थिक तनाव किन अझ खतरनाक?

आर्थिक तनाव अन्य तनावभन्दा फरक र अझ शक्तिशाली हुन्छ। कार्यालयको कामको दबाबजस्तो अल्पकालीन तनावभन्दा फरक, आर्थिक तनाव प्रायः दीर्घकालीन हुन्छ- बिल तिर्ने चिन्ता, ऋण, आवासको अनिश्चितता, उपचार खर्च र परिवारको जिम्मेवारीसँग जोडिएको छ।

यसले निद्रामा असर पार्न सक्छ, स्वस्थ खाना र स्वास्थ्य सेवामा पहुँच घटाउन सक्छ, व्यायाम र आरामको अवसर कम गर्छ। यी सबै कारणहरू एकअर्कालाई बल दिँदै मुटु रोगको जोखिम बढाउँछन्।

परम्परागत जोखिम कारकसँग तुलना गर्दा?

डा. वेन भन्छिन्, यस अध्ययनको सबैभन्दा चकित पार्ने पक्ष के हो भने आर्थिक तनाव र मुटु बुढ्याइबीचको सम्बन्धको स्तर उच्च रक्तचाप, मधुमेह वा धूम्रपानजस्ता क्लिनिकल जोखिम कारकसरह वा कहिलेकाहीँ अझ बढी देखिएको छ।

यसले स्वास्थ्यका सामाजिक निर्धारक (जस्तै आर्थिक अवस्था र खाद्य सुरक्षा)लाई पनि मुटु स्वास्थ्यको मुख्य छलफलमा समेटिनुपर्ने संकेत गर्छ।

आर्थिक तनाव भएकै कारण मुटु रोग अनिवार्य हुन्छ?

होइन। आर्थिक तनावले जोखिम बढाउँछ तर यसले मुटु रोग निश्चित हुन्छ भन्ने होइन। जोखिम धेरै कारकहरूको संयोजनबाट निर्धारण हुन्छ र अझै पनि व्यक्तिगत तथा चिकित्सकीय स्तरमा धेरै उपाय अपनाउन सकिन्छ।

चिकित्सकहरूले के गर्नुपर्छ?

चिकित्सकहरूले बिरामीको मुटु स्वास्थ्य मूल्यांकन गर्दा आर्थिक तनावलाई पनि समग्र जोखिमको भागका रूपमा हेर्नुपर्छ। बिरामीसँग तनाव, आर्थिक दबाब र स्रोतको पहुँचबारे सोध्नु उपयोगी हुन्छ।

यद्यपि चिकित्सकले आर्थिक समस्या समाधान गर्नैपर्छ भन्ने होइन, तर आवश्यक स्रोतमा जोडिदिन, उपचार खर्च कम हुने योजना बनाउन र तनावका कारण औषधि वा जीवनशैली पालना गर्न कठिन भइरहेको छ कि छैन भन्ने बुझ्न सक्छन्।

मुटु जोगाउन अरू के गर्ने?

मुटु स्वास्थ्यका आधारभूत उपायहरू अझै पनि उत्तिकै महत्त्वपूर्ण छन्- नियमित शारीरिक गतिविधि, सन्तुलित आहार, तौल नियन्त्रण, धूम्रपान नगर्ने, रक्तचाप, कोलेस्ट्रोल र रगतको चिनी नियन्त्रणमा राख्ने।

नियमित स्वास्थ्य जाँच आवश्यक छ, किनकि धेरै मुटु सम्बन्धी जोखिमहरू लक्षण नदेखिँदै बढिरहेका हुन्छन्। साथै, ध्यान अभ्यास, पर्याप्त निद्रा र सामाजिक सम्बन्धले दीर्घकालीन तनावको असर कम गर्न मद्दत गर्छ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  १०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य घट्यो
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध
मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
सुनको मूल्य घट्यो आइतबार, वैशाख २७, २०८३
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध आइतबार, वैशाख २७, २०८३
मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन आइतबार, वैशाख २७, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आइतबार, वैशाख २७, २०८३
इजरायली हवाई आक्रमणमा लेबनानमा बालबालिकासहित ३९ जनाको मृत्यु आइतबार, वैशाख २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
तेस्रो अभ्यास खेलमा पनि नेपाल ‘ए’ विजयी, स्कटल्यान्ड ९ रनले पराजित शनिबार, वैशाख २६, २०८३
पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार, मुख्यमन्त्री अधिकारीले लिए शपथ शनिबार, वैशाख २६, २०८३
बजेटबारे सुझाव माग्न  प्रधानमन्त्री कार्यालयले ल्यायो डिजिटल पोर्टल शनिबार, वैशाख २६, २०८३
मनाङमा लेक लागेर विदेशी नागरिकको मृत्यु शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्