मेक्सिको सिटी, संयुक्तराज्य अमेरिका- अमेरिकामा माइकल नामको आँधीबाट मृत्यु हुनेको संख्या कम्तीमा १७ जना पुगेको छ । खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने अमेरिकी अधिकारीहरुले बताएका छन्।
_x000D_
_x000D_
आँधीले फ्लोरिडा राज्य र त्यस वरपर ठूलो क्षति गरेको छ।
_x000D_
_x000D_
फ्लोरिडा राज्यका गभर्नर रिक स्कटले 'मेक्सिको बीच पूर्ण रुपमा उजाड भएको' बताए । बुधबार यहाँ चौथो वर्गीकरणमा राखिएको विशाल आँधीले छोपेको थियो।
_x000D_
_x000D_
'यहाँ त बम पड्किएझैं भएको थियो,' स्कटले भने। करिब एक हजार मानिस अझै बसिरहेको उक्त ठाउँको स्थलगत भ्रमण गरेर फर्किएपछि भन्नुभयो, 'यो युद्धग्रस्त क्षेत्रजस्तै भएको देखिएको छ।'
_x000D_
_x000D_
उद्धार टोलीहरुले शुक्रबार मेक्सिको बीचमा मानिस पत्ता लगाउने कुकुर समेत साथै लिएर खोजी गरिरहेका थिए । अमेरिकी सञ्चार माध्यमहरुले सहरमा एक जना वृद्धको मृत्यु भएको खबर प्रशारण गरेका थिए । ती वृद्ध व्यक्तिको शव घरबाट धेरै टाढा भेटिएको थियो ।
_x000D_
_x000D_
सङ्घीय आपतकालीन व्यवस्थापन निकाय (फेमा) का प्रमुख ब्रक लङले मृतक व्यक्तिको संख्या अझ बढ्न सक्ने बताए।
_x000D_
_x000D_
'मेरो आशा धेरै मानिसको मृत्यु नभए राम्रो हुने थियो, तर परिस्थिति हेर्दा ज्यादै प्रभावित इलाकाहरुमा खोजी कार्य बाँकी नै रहेकाले अरु केही व्यक्तिको मृत्यु हुन सक्ने खतरा छ,' उनले भने।
_x000D_
_x000D_
मेक्सिको बीचका दर्जनौं घर, पसल र रेस्टुराँको जग नै उखेलिएको र त्यसलाई २५० किमी प्रतिघण्टाको बेगिलो हावाले उडाएर सयौं फिट टाढा पु¥याएको वा धुलोपिठो पारेको पाइएको छ। लङले भने, 'आँधीको बितण्डाका बारेमा बताउने त्यहाँ वरपर मानिस समेत भेटिएका छैनन्।'
_x000D_
_x000D_
स्थानीय अधिकारीहरुका अनुसार मेक्सिको बीचमा मानिसलाई अनिवार्य रुपमा घर छाड्न आदेश दिइएको थियो तर केही मानिसले अटेर गरेर घरमै बसेका थिए।
_x000D_
_x000D_
फ्लोरिडाका सिनेटर मार्को रुबिओले भने, 'अन्तिम क्षणमा केही मानिस घर छाडेर बाहिर निस्केका वा अन्यत्रै गएका हुन सक्छन्।'
_x000D_
_x000D_
राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित फ्लोरिडा र जर्जियाको भ्रमण गर्ने योजना बनाएको बताए। 'मानिसहरुलाई जर्जियामा माइकल आँधीले कति प्रभावित तुल्यायो भन्ने समेत थाहा छैन,' ट्रम्पले ट्वीट गर्दै भने, 'म अर्को साताको शुरुमै फ्लोरिडा र जर्जिया जाँदैछु । हामी सबै ठाउँमा काम गरिरहेका छौं। हामी तपाईंहरुकै साथमा छौं।'
_x000D_
_x000D_
फ्लोरिडा प्यानह्यान्डलमा सन् १८५१ पछि यसपटकको “माइकल” नामको आँधी सर्वाधिक विनाशकारी रहेको बताइएको छ।
_x000D_
_x000D_
पेन्टागनका अनुसार करिब पाँच हजार सेना र प्रहरीलाई राहत र उद्धारका लागि खटाइएको छ । यहाँ एक सय हेलिकप्टर र एक हजार ८०० पानीमा चल्ने उपकरण परिचालन गरिएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।