नवलपरासी– पूर्वी नवलपरासीमा रहेको नवलपुर जिल्ला अदालतले दसैं बिदाको समयमा पनि सेवा प्रवाह जारी राख्ने भएको छ।
_x000D_
_x000D_
जनतालाई बिदाको बेला बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइका लागि एक न्यायाधीशसहित श्रेस्तेदार र आवश्यक अन्य कर्मचारीको व्यवस्था गरिएको अदालतले जनाएको छ।
_x000D_
_x000D_
आगामी कात्तिक ७ गतेसम्म अदालत बन्द रहने भएकाले विजयादशमी र शनिबारबाहेक अन्य दिन दैनिक ११ बजेदेखि ३ बजेसम्म बन्दी प्रत्यक्षीकरण रिट निवेदनउपर सुनुवाइ गरिने भएको छ।
_x000D_
_x000D_
यस्तै, दसैं बिदा अवधिमा मुलुकी फौजदारी संहिताले गरेको नयाँ व्यवस्थाअनुसार अभियुक्तलाई पक्राउ पुर्जी जारी गर्न अनुमति प्रदान गर्ने कार्यसमेत गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।