एजेन्सी– युइएफए नेसन्स लिगमा इंग्ल्यान्ड र क्रोएसियाले गोलरहित बराबरी खेलेका छन्।
_x000D_
_x000D_
समूह ए–४ को मा रहेका दुवै टिमले बराबरीसँगै १–१ अंक जोड्न सफल भएका छन्। यसअघि दुवै टिमलाई स्पेनले पराजित गरेको थियो।
_x000D_
_x000D_
लिगअन्तर्गत समूह ए–२ को खेलमा बेल्जियमले स्विट्जरल्यान्डलाई २–१ गोलले पराजित गरेको छ।
_x000D_
_x000D_
बेल्जियमका लागि दुवै गोल रोमेलु लुकाकुले गरेका थिए। लुकाकुले खेलको ५८ मिनेटमा गोल गरेर बेल्जियमलाई अग्रता दिलाए। तर स्विट्जरल्यान्डका गार्भानोभिकले खेलको ७६ मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याए। तर लुकाकुले ८४ मिनेटमा व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दा बेल्जियम २–१ ले अघि बढ्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।