काठमाडौं– पशुसेवा विभागले पशुसेवा ऐन २०५५, नियमावली, २०५६ तथा पशु ढुवानी मापदण्ड, २०६४ पालना गर्न व्यवसायीसँग आग्रह गरेको छ।
_x000D_
_x000D_
सो मापदण्डमा पशुपक्षी ढुवानी गर्दा उनीहरुलाई याताना हुनेगरी नाकमा डोरी लगाउने, पुच्छर वा खुट्टा बाध्ने, क्षमताभन्दा बढी पशु राख्ने, साना तथा ठूला पशुलाई एकै ठाउँमा राखी ढुवानी गर्ने जस्ता गतिविधिमा प्रतिबन्ध लगाइएको छ।
_x000D_
_x000D_
रोगी तथा घाइते वा मरेका पशुलाई व्यावसायिक प्रयोजनका लागि ढुवानी गर्न नहुने, ढुवानी गर्दा मरेका पशुपक्षीलाई निसङ्क्रमणको विधि अपनार्इ गहिरो खाडलमा व्यवस्थापन गर्नुपर्ने प्रावधान पनि मापदण्डमा उल्लेख छ।
_x000D_
_x000D_
विभागद्वारा शुक्रबार जारी विज्ञप्तिमा पशुपंक्षीलाई यात्रुबाहक सार्वजनिक सवारीका साधनका छत वा डिकीभित्र राखी ढुवानी नगर्न पनि सबैसित आग्रह गरिएको छ। यस्ता कार्य गरिए ३ महिना कैद र ५ हजार जरिवाना हुने प्रावधान छ।
_x000D_
_x000D_
विशेषगरी दसैंमा मासुका लागि खसी, बोका, भेडा, च्याङ्ग्रा, राँगा, भैँसी, हाँस, कुखुराजस्ता पशुपंक्षी बढी ढुवानी हुने गर्दछ। एक तथ्याङ्का अनुसार काठमाडौं उपत्यकाभित्र मात्र वर्षेनी ५ अर्बभन्दा बढी मासु खपत हुने गर्दछ।
_x000D_
_x000D_
देशभित्र उत्पादित पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री एक जिल्लाबाट अर्को जिल्लामा ओसारपसार गर्दा अनिवार्य उत्पत्तिकोे प्रमाणपत्र, दर्तावाल पशुचिकित्सकबाट जारी भेटेनरी प्रमाणपत्र साथमा राख्न, बाह्य मुलुकबाट पशुपंक्षी तथा उत्पादनका सामग्री आयात–निर्यात गर्दा क्वारेन्टाइन चेकपोष्टमा जाँच गराई प्रमाणपत्र लिन पनि विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।