काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि युएई जाने भएका छन्।
_x000D_
_x000D_
हाल आइसिसी टी–२० विश्वकप छनोटका लागि मलेसिया रहेका सन्दीप शनिबार युएई जाने नेपाल टिमका व्यवास्थापक रमन सिवाकोटीले जनाएका छन्। छनोट प्रतियोगिता शुक्रबार सकिएपछि सन्दीप युएई जान लागेको हुन्। छनोटमा च्याम्पियन बनेको नेपाली टिमका अन्य सदस्य भने शनिबार दिउँसो नेपाल फर्कदै छन्।
_x000D_
_x000D_
सन्दीप एपिएलमा नान्गहर लियोपार्डमा आवद्ध छन्। आइसिसी एसोसिएट नेसन्स क्याटागोरीमा रहेका सन्दीपले १५ हजार अमेरिकी डलरमा आवद्ध भएका थिए। एपिएल असोज १९ देखि सुरु भएपनि सन्दीप टी–२० छनोटका लागि मलेसिया गएका थिए।
_x000D_
_x000D_
सन्दीपको टिम नान्गहरले अब चार खेल खेल्न बाँकी छ। सन्दीप रहेको नान्गहर टिममा पाकिस्तानका मोहमद हाफिज, बंगलादेशका मुस्फिकर रहिम, न्युजिल्यान्डका मिचेल म्याक्लिङघन, अस्ट्रेलियाका बेन कटिङ, बंगलादेशका तमिम एकबाल, अफगानिस्तानका मुजिब उर रहमान, वेस्ट इन्डिजका आन्द्रे रसेल लगायत छन्।
_x000D_
_x000D_
कात्तिक २ सम्म चल्ने प्रतियोगितामा ५ टिमको सहभागिता रहेको छ। जसमा काबुल जाउनान, बाल्ख लिजेन्ड, पाक्किया प्यान्थर्स, नान्गहर लियोपार्ड र कान्दहर नाइट्स रहेका छन्। लिगमा चौथो चरणको खेल जारी रहदा काबुल ३ खेल जित्दै शीर्ष स्थानमा छ। बाल्खले पनि ३ खेल जितेको छ। पाक्कियाले २ खेल जित्दा सन्दीफको नान्गहरले ४ मध्ये १ खेलमा मात्र जित हात पार्न सकेको छ। लिगको अन्तिम स्थानमा रहेको कान्दहरले ३ खेलेकोमा तीनै खेल गुमाएको छ।
_x000D_
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।