काठमाडौं– नेपाल आइसिसी महिला टि–२० क्रिकेटको बरियतामा समावेस भएको छ।
_x000D_
_x000D_
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १८औँ स्थानमा परेको हो। ४६ राष्ट्रलाई समावेस गर्दै आइसिसीले निकालेको बरियतामा नेपालले १ सय १७ अङ्क पाएको छ।
_x000D_
_x000D_
नेपाली महिला क्रिकेट पछिल्लो समय सुस्ताउँदै गएको छ। तर, नेपालले एकदिवसीय मान्यता पाएपछि नेपाली महिला क्रिकेटलाई पनि टि–२० मान्यता प्रदान गरिएको छ। नेपालले पछिल्लो पटक गत मङ्सिरमा थाइल्यान्डमा भएको विश्व टि–२० एसिया छनोट खेलेको थियो।
_x000D_
_x000D_
बरियताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ। अष्ट्रेलियाले २ सय ८० अङ्क पाएको छ। यस्तै, न्युजिल्यान्ड दोस्रो, इङ्ग्ल्यान्ड तेस्रो, वेष्टइण्डिज चौथो र भारत पाँचौं, दक्षिण अफ्रिका छैटौं, पाकिस्तान सातौँ, श्रीलङ्का आठौँ, बङ्गलादेश नवौँ र आयरल्याण्ड १०औँ स्थानमा छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।