काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले महिला, बालबालिकामाथि भइरहेको हत्या, बलात्कार, हिंसालगायतका जघन्य अपराधका घटना सरकार एक्लैले नियन्त्रण गर्न नसक्ने बताएका छन्।
_x000D_
_x000D_
गृहमन्त्री थापाले मूलुकमा बढ्दो महिला, बालबालिकामाथिको हत्या, बलात्कार, हिंसालगायतका अपराध नियन्त्रण गर्न जनता र सरकार दुवैको संयुक्त प्रयास अनिवार्य रहेको पनि स्पष्ट पारे। शुक्रबार गृह मन्त्रालयले आयोजना गरेको महिला हिंसासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले महिला र बालबालिकामाथि हुने जघन्य अपराधका घटना घटाउन मदिरा सेवन मुख्य कारण रहेकोे स्पष्ट पार्दै त्यसलाई नियन्त्रण गर्न सरकार लागि परेको पनि स्मरण गराए।
_x000D_
_x000D_
७० प्रतिशतभन्दा बढि महिला र बालबालिकामाथि हुने जघन्य अपराधको कारण मदिरा सेवन रहेको गृह मन्त्रालयको निष्कर्ष रहेको सुनाउँदै गृहमन्त्री थापाले त्यसलाई नियन्त्रण गर्न सरकार र जनता दुवैले सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेको पनि दोहो¥याए।
_x000D_
_x000D_
गृहमन्त्री थापाले मुलुकलाई विखण्डन गर्न खोज्ने तत्वलाई सरकारले कडा निगरानीमा राखेको दाबी पनि गरे। उनले अझै पनि मूलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी तत्वले द्वन्द्व निम्त्याउन खोजिरहेको उल्लेख गर्दै त्यसलाई निष्तेज पारेर जनतालाई सुखी बनाउने गरी सरकारले समृद्धिको अभियानलाई अघि बढाएको पनि बताए।
_x000D_
_x000D_
गृहमन्त्री थापाले समृद्धिको बाधकको रुपमा रहेका सबै खालका तत्वलाई परास्त गर्दै अघि बढ्ने दृढता पनि व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।