काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिगमा पहिलो चरणको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबले जित हात पारेको छ। मनाङले शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ३–१ गोलले पराजित गरेको हो।
_x000D_
_x000D_
खेलमा अग्रता भने ब्रिगेड ब्वाइजले लियो। रावत तिवारीले २८ मिनेटमा गोल गरेर ब्रिगेडलाई अघि बढाए। उनको सशक्त प्रहारलाई मनाङका गोलकिपर विशाल श्रेष्ठले रोक्ने कुनै मौका नै पाएनन्।
_x000D_
_x000D_
पहिलो हाफमा १–० गोलले पराजित गरेको मनाङले ४७ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। मनाङका लागि हेमन गुरुङले गोल गरेका हुन्। उनको प्रहार डिफ्लेक्ट हुँदै पोस्टमा छिरेको थियो। १० मिनेट पछि मनाङले अग्रता दोब्बर पार्यो। मनाङका लागि ओलावाले हफिजले ५७ मिनेटमा दोस्रो गोल गरेका हुन्। उनले ५ मिनेट थप गरिएको इन्जुरी टाइमको तेस्रो मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि मनाङले ३–१ को जित पक्का गर्न सफल भयो। ओलावाले खेलको म्यान अफ दि म्याच भए।
_x000D_
_x000D_
योसँगै लिगका पहिलो चरणका ७ खेल सकिएका छन्। पहिलो चरणमा २ गोलअन्तरको जित निकालेको मनाङ लिगको शीर्ष स्थानमा रहन सफल भएको छ। अब लिग तिहारपछि मात्र सुचारु हुनेछ। दशैं र तिहारको बीचमा नेपालले यू–१५ साफ च्याम्पियनसिप आयोजना गर्नेछ। यस्तै मनाङ र एपिएफ क्लबले सिक्किमको गभर्नस गोल्डकपमा सहभागिता जनाउनेछन्।
_x000D_
_x000D_
लिगको अंक तालिका
_x000D_
_x000D_

_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।